२२ असार २०८३, सोमबार

नगरकोट सडकमा ६ वर्षसम्म बेहाल, संसदीय समितिको अनुगमन

नगरकोट सडकमा ६ वर्षसम्म बेहाल, संसदीय समितिको अनुगमन
प्रतिकात्मक तस्वीर

नगरकोट – ठेक्का भएको ६ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आइतवार स्थलगत अनुगमन गरेको छ । 

विक्रम संवत् २०७० सालमा शुरू भई २ वर्षमा पूरा हुनुपर्ने १७ किलोमिटर सडक ६ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयको गुनासो छ ।

राजधानी नजिकैबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै धेरै हिमाल एवं सूर्योदयको दृश्य देखिने नगरकोट आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ ।

सडक अनुगमनपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा समिति सभापति कल्याणीकुमारी खड्काले सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्र पूरा गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिए ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले ठाउँ ठाउँमा खाल्डाखुल्डी भएको सडकमा दुर्घटना भई धेरैले जीवन गुमाउनु परेको, पर्यटन व्यवसायमा नकारात्मक प्रभाव परेकाले अब थप भएको समयमा निर्माण पूरा नगरे कडा कदम चाल्न बाध्य हुनुपर्ने बताए ।

३७ करोड ८७ लाख रुपैयाँमा शैलुङ कन्स्ट्रक्सनले निर्माण जिम्मा पाएको सडक किनारमा बनेका ड्रेनलगायत संरचना गुणस्तरीय नहुँदा सम्पन्न नभई भत्कन थालेको सडक निर्माण दबाब समिति संयोजक राजकुमार लामिछानेले गुनासो गरे ।

salt training

कमेन्ट गर्नुहोस्