
कोरिया, १४ चैत - इपिएस मार्फत रोजगारीका लागि कोरिया आएका एक नेपाली युवाको सुतेकै अवस्थामा ज्यान गएको छ । इटहरी घर भउका २३ वर्षीय तपिन कटवालको ज्यान गएको हो ।
उनले काम गर्ने खोग्ंजुस्थित थानछन कम्पनीको काेठामा मृत्यु भएको सोलुखम्बु संम्पर्क समितिका अध्यक्ष प्रकाश राईले जानकारी दिएका छन् । २ वर्ष अघि देखि कोरियामा कार्यरत कटवाल गत वर्ष विदामा घर गएर कोरिया आएका थिए ।
सोल स्थित नेपाली दुतावासका श्रम काउन्सेलर देवराज ढकालले मृत्यु भएको खवर प्राप्त भएपनि प्रहरीको प्रतिवेदन आइनसकेकाले सम्पुर्ण जानकारी आधिकारीक रुपमा प्राप्त नभएको बताए ।
कोरिया रोजगारीको आकर्षक गन्त्ब्य भएपनि कामको चाप र जोखिपूर्ण कामको कारणले विभिन्न समयमा नेपालीको ज्यान गइरहेको छ ।