२८ जेठ २०८३, बिहीबार

ओहायो आक्रमणकारीको गोली हानी हत्या

ओहायो आक्रमणकारीको गोली हानी हत्या

काठमाडौं – ओहायो डेटनमा नौजनाको ज्यान लिनेगरी गोलीकाण्ड मच्चाउने आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको जानकारी दिएको छ । 

विगत २४ घन्टामा अमेरिकामा भएको यो दोस्रो गोलीकाण्ड हो । यसअघि टेक्ससमा गोलीकाण्ड भएको थियो । 

डेटन प्रहरीले ट्वीट गर्दै गोलीकाण्ड ओरेगन डिस्ट्रिक्टमा बिहान १ः२२ मा शुरू भएको तर अधिकारीहरूले यसलाई तत्कालै अन्त्य गर्न सफल भएको जानकारी दिए । अन्य १६ जनालाई चोटपटक लागेकाले अस्पताल पुर्‍याइएको प्रहरीको भनाइ छ । 

आक्रमणकारीको पहिचान खुलाइएको छैन ।

मायामी भ्याली अस्पतालकी प्रवक्ता टेरीया लिटलले १६ जना पीडित अस्पतालमा भर्ना भएको पुष्टि गरिन् तर उनीहरूको अवस्थाका बारेमा जानकारी दिन मानिनन् । 

ओरेगन डिस्ट्रिक्ट ऐतिहासिक टोल हो जहाँ बार, रेस्टुराँ र थिएटरहरू छन् । ठ्याक्कै कुन ठाउँमा गोलीकाण्ड भएको हो भनी प्रहरीले खुलाएको छैन । 

एफबीआईले प्रहरीलाई अनुसन्धानमा सघाइरहेको छ । 

यसअघि टेक्ससको एल पासोस्थित शपिङ एरियामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी मानिस घाइते भएका थिए । 

अघिल्लो आइतवार मात्र एक किशोरले दुई बालबालिका सहित तीनजनालाई क्यालिफोर्नियाको गिलरोय लसून महोत्सवमा गोली हानेर हत्या गरेका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्