२१ जेठ २०८३, बिहीबार

बम विस्फोट गराएको आरोपमा लामिछाने पक्राउ

बम विस्फोट गराएको आरोपमा लामिछाने पक्राउ
प्रतिकात्मक तस्वीर

बेत्रावती – नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा बम विस्फोट गराएको अभियोगमा प्रहरीले बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ ।

प्रतिबन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेर उनीसहितका व्यक्तिले साउन १४ गते राति वडा कार्यालयमा बम विस्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

उनका अनुसार लामिछानेलाई शनिवार काठमाडौंको कीर्तिपुरस्थित उनले सञ्चालन गर्दै आएको स्टेशनरी पसलबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि नुवाकोट ल्याइएको हो । सोमवार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ । 

उनी हाल कीर्तिपुरमा व्यवसाय गर्दै आएकाले प्रतिबन्धित नेकपा विप्लव समूहमा आवद्ध नभएकाले रिहा गर्न परिवारले आग्रह गरेका छन् । नेकपा विप्लव समूहको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भएपनि पार्टीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसँगै उनी व्यवसायतर्फ लागेकाले रिहा गरिदिन पक्राउ परेका लामिछानेकी श्रीमती रश्मी ढुंगानाले माग गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्