२२ जेठ २०८३, शुक्रबार

आज राति १२ बजेबाट पेट्रोल र डिजेलको मूल्य बढ्ने, ग्यासको मूल्य घट्ने

आज राति १२ बजेबाट पेट्रोल र डिजेलको मूल्य बढ्ने, ग्यासको मूल्य घट्ने

काठमाडौँ -नेपाल आयल निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।

नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँ,  र ५० पैसाले वृद्धि हुने जानकारी दिए । एलपी ग्यासमा भने २५ रुपैयाँ घताइएको गोइतले बताए ।

आयल निगमको उक्त निर्णयअनुसार जसअनुसार काठमाडौ (थानकोट डिपोबाट १५ कि.मि. क्षेत्रभित्र)को पेट्रोलको नयाँ विक्री मूल्य रू १ सय ९ र डिजेल मट्टीतेलको मूल्य रू ९७ हुनेछ भने एल.पि. ग्यासको खुद्रा मूल्य रू १३ सय ७५ हुनेछ ।

गोइतले हवाई ईन्धनको विक्री मूल्य यथावत राखिएको बताए ।

निगमले आर्थिक वर्ष २०७५/७६ मा एलपि ग्यासमा करीब ६ अर्व नोक्सानी व्यहोरेको थियो, जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

यसरी मूल्य समायोजन गरे पश्चात् पनि विरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रति लिटर क्रमश १४ दशमलव ३७ रुपैयाँ र १५ दशमलव ४७ सस्तो हुने अवस्था रहने गोइतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्