
काठमाडौं– काठमाडौंको बालुवाटारस्थित चिनियाँ एम्बेसीसँगैको घरमा भीषण आगलागी भएको छ ।
बुधवार मध्याह्नको समयमा आगलागी भएको हो । निकै परबाट पनि आकाशमा धूवाँको मुस्लो देखिएको छ ।
'चाइनिज एम्बेसीसँगैको घरमा आगलागी भएको भन्ने खबर आएको छ, डिटेल्स आउन बाँकी नै छ,' नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले लोकान्तरसँग भने ।
विस्तृत केहीबेरमा....
