जेठ १८, २०७६
सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...
चितवन – भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ ।
शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।
महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरू गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझव र सहयोगमा पाठ्यपुस्तक तयार गर्न लागिएको हो ।
महानगराप्रमुख रेनु दाहालका अनुसार यस क्षेत्रको परिचय, समाज, स्थानीय, संस्कृति र कला, स्थानीय पर्यटन तथा व्यवसाय, पेशा र प्रविधि, स्थानीय जडीबुटी तथा उपचार विधि, स्थानीय खेल, विपद् व्यवस्थापन, शहरी विकास, वातावरण संरक्षण, सभ्य र स्वास्थ्य जीवनका कथा पाठ्यक्रममा समेटिनेछ ।
पाठ्यपुस्तक निर्माणका लागि लेखनाथ खनालको संयोजकत्वमा गत मङ्सिर १७ गते आठ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
कार्यदलका सदस्यसचिव रुद्र शर्माका अनुसार कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन तयार गरी यही भदौ पहिलो सातामा नगर शिक्षा समितिमा पेश गरिने र महानगर कार्यपालिकाको बैठकले अनुमोदन गरेपछि पाठ्यक्रम लागू गरिनेछ । एकसय पूर्णाङ्कको पुस्तकको नाम ‘हाम्रो गौरव भरतपुर महानगर’ प्रस्ताव गरिएको छ । यसको टुङ्गो कार्यपालिकाको बैठकले लगाउँदैछ ।
महानगरभित्रका १२३ सामुदायिक विद्यालय र ९७ संस्थागत विद्यालयमा पाठ्यक्रम लागू हुनेछ । साथै सामाजिक, शारीरिक र सृजनात्मक कला विषयमा २० पूर्णाङ्कको परीक्षासमेत लिनुपर्ने र त्यसको व्यवस्थापन शिक्षकले नै गर्नुपर्ने प्रस्ताव गरिएको छ । अहिले यहाँका विद्यालयले स्थानीय पाठ्यक्रमका रुपमा अङ्ग्रेजी, गणित र विज्ञान विषयलाई प्राथमिकता दिइँदै आएको छ ।
सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...
जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् । शिक्षा संकायमा स्नातकोत्तर गरे...
काठमाडौं – सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगेपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार व...
विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर...
बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...
बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...