०२ साउन २०८३, शनिबार

संघीयतामाथि प्रचण्डको टिप्पणी : 'रोपेको एउटा, अर्कै उम्रेला जस्तो भयो'

संघीयतामाथि प्रचण्डको टिप्पणी : 'रोपेको एउटा, अर्कै उम्रेला जस्तो भयो'

काठमाडौँ -सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको बोझ हल्का गर्न सिंहदरबारको अधिकार स्थानीय तहमा लगेको बताएका छन् । संघीयतामा सबैले कर उठाएर जनतामाथि थप भार पार्न नखोजेको भन्दै प्रचण्डले 'रोपेको एउटा तर अर्कै उम्रेला' जस्तो देखिएको टिप्पणी गरे ।

वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्त महासंघ नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘हामीले त जनतालाई घरदैलोमा नै सेवा दिने भनेका हौं,' प्रचण्डले भने, 'हामीले रोपेको एउटा अर्कै उर्मेला जस्तो भएको छ ।’

नेपाली जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याइपुर्याइदिएको टिप्पणी गर्दै प्रचण्डले भने, 'हामी असफल भयौं भने नेपाल राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।’

उनले अहिले ढिलै भएपनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आई पुगेको बताउँदै अबको दशक भनेको समृद्धि र विकासको दशक भएको स्पष्ट पारे । उनले सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीको बलियो सरकार सबैका लागि अवसर हो भन्दै जनतालाई बलशाली बनाउने कार्यमा सबै पक्ष लागी पर्न अपील पनि गरे ।

‘सबै प्रगतिशील, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामहरुलाई अगाडि बढाउने अवसर नेपालमा फेरि प्राप्त हुन्छ कि हुन्न । यो भन्दा राम्रो अवसर हुनै सक्दैन । हामीले वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझै धेरै गर्न काम बाँकी छ, ’ उनले भने ।

प्रचण्डले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार निर्वाचन र त्यस अन्तर्गत ऐन नियमहरुको निर्माणको प्रक्रियामा रहेको पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्