
काठमाडौं – बिहीवार बिहान सोलुखुम्बु केन्द्रबिन्द भएर भूकम्पको धक्का महसूस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीवार बिहान ७ः०७ बजे भूकम्प महसूस भएको हो ।
केन्द्रका अनुसार ४.० म्याग्निच्यूडको भूकम्प गएको छ । यसअघि साउन २९ गते दोलखा केन्द्रबिन्दू भएर भूकम्प गएको थियो ।