२२ असार २०८३, सोमबार

सोमालियामा सुक्खाका कारण हजारौं पलायन हुन बाध्य, भोकमरीको संकट

कात्तिक २०, २०७४
सोमालियामा सुक्खाका कारण हजारौं पलायन हुन बाध्य, भोकमरीको संकट

काठमाडौं, १६ चैत — सोमालियामा कडा सुक्खाका कारण पीडित परिवारहरू भाग्न बाध्य भएका छन् । अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले खानेकुरा बाँडिरहेको ठाउँतिर पुग्न उनीहरू कोशिश गरिरहेका छन् ।


सहायता संस्थाहरूले मुसलमान अतिवादी विद्रोहीहरूको कब्जामा रहेका क्षेत्रमा खानेकुरा बाँड्न सकिरहेका छैनन् । सोमालियाको कमजोर केन्द्रीय सरकारले राजधानी र अन्य सीमित क्षेत्रमा मात्र आफ्नो उपस्थिति जनाउन सकेको छ ।

गत वर्षको नोभेम्बर र यस वर्षको फेब्रुअरीका बीचमा यो अफ्रिकी मुलुकका दुई लाख ५७ हजार मानिस सुक्खाका कारण आन्तरिक विस्थापित भएका छन् । केही शहरी क्षेत्रतर्फ गएका छन् भने केही अन्य छिमेकी मुलुकतिर गएका छन् ।

अहिलेको सुक्खाका कारण सोमालियाको आधा जनसंख्या वा करीब ६० लाख मानिसको जीवन नै संकटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । सहायता संस्थाहरूले तीव्र काम गरेको भएपनि थप सहायता आवश्यक छ ।

त्यसमाथि दक्षिण सुडान, उत्तरपूर्वी नाइजेरिया र यमनमा पनि भोकमरी संकट आइपरेकाले विगत ७० वर्षमा संसारको सबभन्दा ठूलो मानवीय प्रकोपको स्थिति आइलागेको छ ।

अमेरिकाले अन्तर्राष्ट्रिय संकटका बेलामा ठूला आर्थिक सहायता दिने गरेको भएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको बजेट कटौती गरेपछि अफ्रिकाको भुखमरी संकट गहिरिएको छ ।

एपीन्युज डट्कमबाट

salt training

कमेन्ट गर्नुहोस्