२२ असार २०८३, सोमबार

सानी बच्चीलाई लात हानेर उडायो यो पापीले (भिडियो)

सानी बच्चीलाई लात हानेर उडायो यो पापीले (भिडियो)

काठमाडौं – चीनको शेनझेनमा एक वर्षकी शिशुलाई एउटा अपराधीले पछाडिबाट लात हानेर हावामा उडाएको छ । 

शिङचेङ शपिङ सेन्टरमा ती बालिका आफ्नी हजुरआमासँग गइरहेको बेलामा उक्त व्यक्तिले पछाडिबाट उनलाई लात हानेको थियो । 

घटना बुधवार भएको हो । 

पोलो शर्ट लगाएको उक्त व्यक्ति मलको खम्भानजिक उभिरहेकी शिशुनजिक पुग्छ अनि उनलाई लात हान्छ । शिशु भुइँमा पछारिन्छिन् । 

स्तब्ध भएकी हजुरआमा नातिनीलाई हेर्न पुग्छिन् अनि लात हान्ने मानिससँग भिड्छिन् । 

उक्त व्यक्तिले आफूमाथि हिंसा गर्ने धम्की दिएकाले उसलाई त्यत्तिकै छोडिदिएको हजुरआमाको कथन छ । 

अन्य कुनै पनि प्रत्यक्षदर्शीले हस्तक्षेप नगरेको विश्वास गरिएको छ । शिशुको परिवारले उक्त व्यक्ति पत्ता लगाउने आशाका साथ घटनाको भिडियो अन्लाइनमा राखेको हो । 

शिशुलाई हल्का चोटपटक लागेको छ । 

शेनझेन प्रहरीले बिहीवार आरोपितको पहिचान खुलेको बताएको छ तर पक्राउ गरिएको छैन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्