२२ असार २०८३, सोमबार

एसिड आक्रमणबाट पीडित मुस्कानको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य राज्यमन्त्री  यादव

एसिड आक्रमणबाट पीडित मुस्कानको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य राज्यमन्त्री  यादव

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री  डा सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई उपचारत मुस्कान खातुनको उपचारमा कमी हुन नदिने जानकारी दिएका छन् ।

 वीरगञ्जस्थित हनुमान माध्यामिक विद्यालयमा अध्ययन गर्न जाँदै गर्दा गत शुक्रबार बिहान खातुनमाथि एसिड प्रहार भएको थियो । उनको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइराखेको छ । चिकित्सकका अनुसार हाल उनको अवस्था खतरामुक्त रहेको छ ।
 

राज्यमन्त्री डा यादव म‌ंगलवार अस्पतालमा पुगी खातुनको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिएका थिए । उनले उपचारमा सङ्घीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने जानकारी पनि दिए।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले खातुनको उपचारमा रु ५० हजार र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले रु पाँच लाख दिने निर्णय गरिसकेका छन् ।
 
पर्सा जिल्ला प्रहरीले छात्रा खातुनमाथि एसिड प्रहार गर्ने तीन  युवकलाई पक्राउ गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्