०६ साउन २०८३, बुधबार

निरन्तर ओरालो लाग्दै नेप्से

निरन्तर ओरालो लाग्दै नेप्से

काठमाडौं–सेयर बजार मापक नेप्से साताको तेस्रो दिन आज (मगंलबार) पनि २.२४ अंकले ओरालो लागेको छ।  

निरन्तर ओरालो लागेर नेप्से ११६६.६७ अंकमा आइपुगेको छ। सबैभन्दा बढी जीवन बिमा कम्पनी समूहको उपसूचक २६.२१ अंक र ७५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बैंक समूहको उपसूचक १.७५ अंकले घटेको छ।

होटल समूहको उपसूचक २८.८७ अंक, विकास बैंक समूहको उपसूचक २.०६ अंक, निर्जीवन बिमा कम्पनी समूहको उपसूचक २२.८२ अंक र म्यूचुअल फन्ड समूहको उपसूचक ०.०५ अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घट्न पुगे। उक्त दिन २३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

उक्त दिन कुमारी बैंकको सेयर सबैभन्दा बढी १ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

salt training

कमेन्ट गर्नुहोस्