२२ असार २०८३, सोमबार

करेन्ट लागेर एक दूधे बालिकाको मत्यु

करेन्ट लागेर एक दूधे बालिकाको मत्यु

जलेश्वर– महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीवार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो ।

बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा लगाइएको बिजुलीको बोर्डबाट भुँईतिर झुण्डिरहेको नाङ्गो तार छुन पुग्दा उनको करेन्ट लागेर ज्यान गएको हो ।

मृतक बालिकाको शव परीक्षणका लागि शुक्रवार बिहान जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्