×

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको भातृसंस्था नेपाल तरुण दलभित्र देखिएको विवाद उत्कर्षमा पुगेको छ । 

शनिवार तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाही दुवैले एकले अर्कालाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरे । 


Advertisment

देउवा निकट मानिने जितजंग बस्नेतले संस्थापन इतर पक्षका महासचिव भुपेन्द्रजंग शाहीलाई पदीय मर्यादा, जिम्मेवारी र अनुशासनहिन कार्यहरू गरेको भन्दै शनिवार दिउँसो तरुण दलको कुनै पनि सदस्य नरहने गरी कारवाही गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।


Advertisment

बस्नेतले महासचिव शाहीलाई तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार हटाइएको दाबी गरेका छन् । 

त्यसलगत्तै रुष्ट बनेका शाहीले पनि बस्नेतलाई एक वर्षका लागि तरुण दलको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको भन्दै आर्को विज्ञप्ति निकाले । 

विभिन्न ४ वटा आरोप लगाउँदै शाहीले अध्यक्ष बस्नेतलाई हटाइएको बताए । 

भ्रष्टाचारविरुद्ध लक्षित कार्यक्रम रोकेको, ९५ जनाको कार्यसमिति हुनुपर्नेमा जम्मा ४ जनालाई लिएर अघि बढेको, विधानको ख्याल नराखी आफूखुसी अघि बढेको र बाढीपीडितका लागि भनेर उठाइएको लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको जस्ता आरोप लगाउँदै महासचिव शाहीले अध्यक्ष बस्नेतलाई कारवाही गरे । 

बस्नेतले जारी गरेको विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवालाई बोधार्थ गराइएको छ भने शाहीले जारी गरेको विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालय सानेपालाई बोधार्थ गराइएको छ । 

'दुईमहिनाभित्र महाधिवेशन गरेर नयाँ नेतृत्वलाई हस्तान्तरण गर्नुपर्छ'

अध्यक्ष बस्नेतबाट बर्खास्तगीमा परेका महासचिव शाहीले दुई महिनाभित्र पार्टीले तरुण दलको महाधिवेशन गरेर नयाँलाई तरुण दलको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राखेका छन् ।

'मैले उहाँलाई अध्यक्ष मान्दै मान्दिनँ,' आइतवार लोकान्तरसँग कुरा गर्दै शाहीले भने, 'यो विषय पार्टीका नेताहरूबीच पुगिसकेको छ, उहाँहरूले नै छलफल गरेर निकास निकल्नुहुनेछ ।' 

आफू निर्वाचित महासचिव भएकाले अध्यक्षले निकाल्न नसक्ने दाबी उनले गरे ।

'अध्यक्षको एउटा मनोनित सदस्यलाई निकाल्ने हैसियत हुँदैन, मलाई निकाल्ने ?' उनले प्रश्न गरे, 'मैले अनुशासन बाहिर गएर के गरें ? त्यसको जवाफ दिनु पर्दैन ?'

यस विषयमा अध्यक्ष बस्नेतले भने कुनै टिप्पणी गर्न चाहेनन् । 

'ज-जसले पालेर राखेका छन्, उनीहरूले सुधार्नुपर्छ'

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले यस्तो क्रियाकलापले नेपाली युवाहरूको विश्वासमाथि कुठाराघात गरेको टिप्पणी गरे । आइतवार लोकान्तरसँग कुरा गर्दै भण्डारीले युवाहरू सुध्रिनुको विकल्प नरहेको जिकिर गरे । 

'नेपालका युवाहरूमा आशा र भरोसा जगाउने तरुण दलको पछिल्लो क्रियाकलापले विश्वासमाथि कुठाराघात गरिदिएको छ,' भण्डारीले भने, 'यस्तो सानो कुरामा पनि सानो चित्त, दृष्टिकोण र तल्लो बुझाई राख्नेहरूले भविष्यको नेपालको नेतृत्व गर्न सक्दैनन् । यिनीहरू सुध्रिनुपर्छ ।' 

युवाहरूलाई नेताहरूले पालेर राख्ने प्रवृत्ति हाबी भएको आरोप भण्डारीले लगाए । 'ज-जसले युवाहरूलाई पालेर राखेको छ उनीहरूले या त सुधार्न सक्नुपर्‍यो, होइन भने छाड्नुपर्‍यो,' भण्डारीले भने, 'यसरी पार्टीलाई नै बदनाम गर्ने गरी युवाहरूले जुन कदम चालेका छन्, त्यो घातक छ ।'

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x