
बुटवल- रुपन्देहीमा लुटेराले गोली प्रहार गरी एक जनाको हत्या गरेका छन् ।
रुपन्देहीको ओमसतिया–५ का महेन्द्र कुर्मीले बैंकबाट पैसा निकालेर घरतर्फ जाँदै गर्दा पच्छाइरहेका लुटेरा समूहले पैसा नदिएपछि गोली प्रहार गरी हत्या गरेका थिए ।
गोली लागेर कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । गोली प्रहार गरी भाग्नेको खोजी भइरहेको छ ।