२६ जेठ २०८३, मंगलबार

सरकारलाई संसदीय समितिको निर्देशन, ‘नेपाल–भारत सीमा अध्ययनका लागि विज्ञ टोली पठाउ’

कात्तिक २०, २०७४
सरकारलाई संसदीय समितिको निर्देशन, ‘नेपाल–भारत सीमा अध्ययनका लागि विज्ञ टोली पठाउ’

काठमाडौं १८ चैत्र– व्यबस्थापिका संसदको मानवअधिकार तथा सामाजिक न्याय समितिले नेपाल–भारत सीमा अध्ययनका लागि तत्काल विज्ञ समूह परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सीमा विवादकै कारण सीमावर्ती क्षेत्रमा अपिृय घटना हुने गरेको भन्दै समितिको शुक्रबार बसेको बैठकले सीमा अध्ययनका लागि विज्ञ टोली गठन गरी सीमा क्षेत्रमा परिचालन गर्न निर्देशन दिएको हो ।

समितिले सीमा विवादको संवेदनशीलतालाई मध्यनजर गरी कञ्चनपुर जिल्लाको पुनर्वास लगायत नेपाल र छिमेकी राष्ट्रकाबीच सीमा विवाद रहेका स्थानहरुमा दुई पक्षबीच सहमती गरी विज्ञसहितको प्राविधिक टोली गठन गर्न निर्देशन दिएको हो । साथै त्यस्तो टोलीलाई यथाशिघ्र चाडो विवादित क्षेत्रहरुमा पठाउन पनि भनेको छ ।

समितिले कञ्चपनुरको पुनर्वास–८ आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले प्रहार गरेको गोली लागी निधन भएका गोविन्द गौतका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिले एसएसबीको गोली लागि घाइते भएका राम चापागाईको सम्पूर्ण उपचार व्यवस्थापन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्