
काठमाडौं – भुटानमा भारतीय सेनाका चीता हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी दुवै पाइलटको निधन भएको छ ।
भारतीय सेनाका प्रवक्ता कर्नल अमन आनन्दले भने, ‘भुटानको योङफुल्ला नजिक दिउँसो १ बजे भारतीय सेनाको एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।’
हेलिकप्टरको सम्पर्क १ बजेपछि टुटेको थियो र लगत्तै दुर्घटनाग्रस्त भयो । दुर्घटनामा मर्ने भारतीय सेनाका एक पाइलट लेफ्टिनेन्ट कर्नल थिए भने अर्का चाहिँ भुटान सेनाका पाइलट थिए र प्रशिक्षणमा थिए । उद्धार कार्य जारी छ ।
हेलिकप्टर अरुणाचल प्रदेशको खिर्मुबाट भुटानको योंफुलासम्म जाँदैथियो ।
एजेन्सी