×

NMB BANK
NIC ASIA

फुर्तिलो रहन के गर्छन् मेस्सी ? यस्तो छ उनको फिटनेसको सूत्र

असोज १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बार्सिलोनाका कप्तान लियोनल मेसीले सर्वाधिक छैटौंपटक फिफा वर्ष खेलाडीको अवार्ड जितेर अर्को एक किर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

Muktinath Bank

यी अर्जेन्टिनी खेलाडी आफ्नो स्टारडम, अद्भुत क्षमता, सफलता र व्यक्तिगत कीर्तिमानका लागि चिनिन्छन् । फूटबल इतिहासकै महानतम खेलाडीमध्येका एक मेसी अहिले ३२ वर्षका भए । उमेर ढल्कँदै जाँदा खेलाडीको प्रदर्शन खस्किन्छ भन्ने आम बुझाई विपरीत मेसीको खेलमा दिन–प्रतिदिन निखार आउँदै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफ्नो लय र फिटनेसलाई कसरी निरन्तरता दिइरहेका छन् त ? 


Advertisment
Nabil box
Kumari

अभ्यास र व्यायाम

Vianet communication
Laxmi Bank

मेसीले आफ्ना व्यायाम प्रशिक्षकको रोहवरमा नियमित रूपमा वर्कआउट प्लान फलो गर्छन् । तर, अन्य खेलाडीले जस्तो हेभी व्यायाम भने गर्दैनन् । आफ्नो शरीरको गति कसरी बढाउने र खेलमा कसरी जीवन्त रहने भन्नेमा उनी सचेत देखिन्छन् । यसकारण आफ्नो शरीरको मुभमेन्ट कायम राख्न उनले पिल्लर ब्रीज फ्रन्ट, लन्ज ह्यामस्टिङ, स्ट्रेच र पिल्लर स्किप्सजस्ता अभ्यास गर्ने गरेका छन् । 

यसपछि विभिन्न दिशामा कुद्न सक्नेगरी गति तथा फोकस बढाउन लिनियर स्पिड वर्कआउट गर्छन् । 

त्यस्तै, खुट्टाको मसल्स निर्माणका लागि पिल्लर स्किप्स, स्किपिङ रोप्स र स्क्वेट्स गर्छन् । तीव्रताका लागि उनी डाइगोनल हर्डल्स होप्सलगायत अभ्यास गर्छन् । हरेक वर्कआउटको अन्त्यपछि उनी पर्याप्त पानी पिउँछन्  र कुलडाउन हुनका लागि ५ देखि १० मिनेटसम्म हल्का जगिङ गर्छन् । 

खाना
मेसी आफ्नो क्षमता कायम राख्नका लागि कडा खालका डाइट चार्ट फलो गर्छन् । इटालियन न्युट्रिसियनिस्ट जुलियानो पोसरले सन् २०१४ यता मेसीको डाइट चाट तयार गर्छन् । उनले पाँचवटा प्रमुख खानालाई पहिचान गरेका छन्,– पानी, ओलिभ तेल, अनाज, ताजा फलफूल र ताजा तरकारी ।

यी खाद्यान्न मेसीको डाइटछका प्रमुख हिस्सा हुन् । यसबाहेक बदाम र गेडागुडी पनि उनलाई मनपर्छ । तर, पोसरले मेसीलाई सुगरयुक्त खाना नखान सुझाव दिएका छन् । ‘मसल्सका लागि सुगर निकै खराब छ, त्यसैले यसबाट जति टाढा बस्यो, उति राम्रो,’ पोसर भन्छन् । 

पोसरले शुरूदेखि नै मांसाहारी भोजन कम गर्न मेसीलाई सुझाव दिने गरेका थिए । शुरूमा मेसीले मासु छाड्न निकै संघर्ष गर्नुपर्‍यो  । तर उनी बिस्तारै अभ्यस्त हुँदै गए । मेसीलाई पोसरले पिज्जासमेत नखान सुझाव दिएका छन् । नयाँ पत्रिकामा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x