२३ जेठ २०८३, शनिबार

नक्सापास बिना नै बन्यो वीर अस्पतालको नयाँ भवन

असोज १४, २०७६
नक्सापास बिना नै बन्यो वीर अस्पतालको नयाँ भवन
फाइल तस्वीर

काठमाडौं – मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालको नयाँ भवन नक्सापास नगरी बनाइएको छ । 

भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि गरिएको छैन ।हाल वीर अस्पताल रहेकै स्थानमा १७ रोपनी क्षेत्रफलमा गत वर्षको असारदेखि भवन निर्माणाधीन छ । भवनको चारमध्ये तीनवटा ब्लकको बाहिरी संरचना बनिसकेको छ ।

कानुनअनुसार भवन निर्माण गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट नक्सापास र इआइए गराउनुपर्छ । काठमाडौं महानगरपालिका– २७ का अनुसार पटकपटकको ताकेतापछि पनि वीर अस्पताल प्रशासन र भवन विभागले अटेर गरेर नक्सापास तथा इआइए गराएका छैनन् ।

वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भवन निर्माण भएको वर्ष दिन बितिसक्दा पनि वीर र भवन विभागले नक्सापास नगरेको बताए । ‘वडामा नयाँ अस्पताल बनेको छ । त्यो वडाका लागि पनि गर्वको विषय हो,’ उनले भने, ‘तर, यो भवनको नक्सापास भएको छैन, न इआइए परीक्षण नै गरिएको छ । सरकारकै यति जिम्मेवार निकायले किन नक्सापास नगरी यति ठूलो भवन बनायो, बुझ्न सकिएको छ । यसका लागि हामीले पटकपटक ताकेता गरेका छौँ । तैपनि उनीहरू अटेर गरेर बसेका छन् ।’

दुई अर्ब तीन लाख रुपैयाँको लागतमा ३० महिनामा सक्ने लक्ष्यका साथ ०७५ को असारबाट नौतले भवन निर्माण सुरु गरिएको हो । पाँच सय शैय्याको अस्पतालमा १७ वटा अपरेसन थिएटर रहने बताइएको छ । 

काठमाडौं महानगरपालिका– २७ का अनुसार भवनको नक्सापास नभएकाले ढल व्यवस्थापनमा समेत समस्या आएको छ । नयाँ पत्रिकामा खबर  छ । 

salt training

कमेन्ट गर्नुहोस्