३१ असार २०८३, बुधबार

उत्पादन वृद्धि नगरी कर्णालीको विकास हुँदैन– मुख्यमन्त्री शाही

उत्पादन वृद्धि नगरी कर्णालीको विकास हुँदैन– मुख्यमन्त्री शाही
फाइल फोटो

मान्म– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताएका छन् ।

कालीकोटको खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।

कर्णालीमा उत्पादन गर्न सकिने धेरै कुरा भए पनि अहिले हामीले आयातित सामानलाई मात्र ध्यान दिएको मुख्यमन्त्री शाहीले बताए । “स्याउ, सिमी लगायतका जे जे उत्पादन हुन्छन्, त्यसको उत्पादन वृद्धि गर्नुहोस्”, उनले भने, “हामीले उत्पादन गर्न सकेका छैनौं केवल कोकाकोला, चाउचाउ, चामल ल्याएका छौं, पैसा पठाएको छौं ।”  

मुख्यमन्त्री शाहीले भने, “हाम्रो विगतको पुस्ता आफैँ उत्पादन गरेर बिक्री गर्ने कर्णालीको पुस्ता हो, अहिले कोही आयो कि माग्ने काम मात्रै भयो ।”

मानिसमा सामाजिक सेवा भावना हराउँदै गएको र सामाजिक सेवाका नाममा व्यक्तिले फाइदा लिने प्रवृति हाबी हुँदै गएको मुख्यमन्त्री शाहीले बताए ।

कर्णालीमा विकासका लागि पैसाको अभाव छैन् नभएको उनको भनाइ थियो ।

उनले भने, “तर, उपभोक्ता समिति, ठेकेदारले आफूले पाए ठिक आफूले नपाए अदालत अख्तियारमा मुद्दा गर्ने र विकास हुन नदिने प्रवृति हाबी भयो ।” 

salt training

कमेन्ट गर्नुहोस्