
काठमाडौं – नेपाल पञ्चांग निर्णायक समितिले असोज २१ गते बिहान १०ः३५ बजेलाई दशैंको शुभसाइत भनेको छ ।
साइत नै खोजेर दशैंको टीका लगाउनेका लागि उक्त समय उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।
विजया दशमीको दिनभर नै टीकाजमरा लगाउन सकिने उनको भनाइ छ। देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ। कान्तिपुर दैनिकमा खबर छ ।