२० असार २०८३, शनिबार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सम्बन्ध बलियो बनाउन ध्यान दिनुपर्छ : नारायणकाजी

असोज १९, २०७६
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सम्बन्ध बलियो बनाउन ध्यान  दिनुपर्छ : नारायणकाजी
फाइल तस्वीर

काठमाडौं –   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ठूलो महत्व राख्ने बताएका छन् ।

लामो समयपछि हुन लागेको यस खालको उच्चस्तरीय नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध झन् बलियो बनाउने स्पष्ट गर्दै उनले भ्रमणमा लेनदेनको कुराभन्दा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने सुझाव दिए।

सम्बन्ध बलियो भएपछि लगानी आफैं आउनुका साथै आर्थिक सम्बन्ध पनि अगाडि बढ्ने पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले स्पष्ट पारे।

नेकपाले चीनका साथै अन्य मुलुकसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको उनले बताए।

चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच भएको अन्तरक्रिया कार्यक्रमबारे राखेको जिज्ञासामा उनले कसैको विचार सुन्दैमा त्यही विचार अँगाल्छन् भन्ने होइन, विचार सुन्नुपर्छ तर त्यसलाई कसरी प्रयोगमा ल्याउने, त्यो नेपालीमा भर पर्ने कुरा रहेको टिप्पणी गरे। गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्