काठमाडौं –नवरात्रीभर मानिसहरू देवीको पुजा आराधनामा व्यस्त हुन्छन् ।
यस पर्वमा एकातिर पूजा आराधना हुन्छ भने अर्कातिर तान्त्रिक सिद्दी प्राप्तीका लागि देवीको पूजा गरिन्छ । यद्यपी नवरात्रीमा कतैकतै भूतको मेला पनि लाग्छ । यो सुन्दा हामीलाई अचम्म लाग्न सक्छ ।
यो घटना भारतको झारखण्डको हो । यहाँ कहिले सर्पको मेला, कहिले साँढेको मेला आदि सुनिन्छ । झारखण्डमा एक यस्तो ठाउँ छ, जहाँ भूतको मेला लाग्छ । प्रशासन समेत यस घटनामा मौन रहन्छ ।
झारखण्डको पलामू जिल्लाकाे हैदरनगरमा भूतको मेला लाग्ने गरेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस स्ठानमा हरेक वर्ष नवरात्रीको अवसरमा भूत–प्रेतबाट मुक्ति पाउनका लागि यहाँ आउँछन् । यसकारण यस स्ठानमा नवरात्रीमा लाग्ने यस्तो मेलालाई भूतको मेला नामले चिनिन्छ ।
हैदरनगरमा नवरात्रीमा ६६ वर्षअघि देखि भूतको मेला लाग्दै आएको छ । एजेन्सी