२२ असार २०८३, सोमबार

कस्तो छ आज दिनभरको मौसम ?

कस्तो छ आज दिनभरको मौसम ?

काठमाडौं –मंगलवार देशभरको मौसम आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलवार जारी गरेको सूचना अनुसार, अहिले पश्चिम बंगालको उत्तरतर्फ रहेको न्यून चापिय क्षेत्रका कारण पूर्वी र मध्य भूभागमा साथै पश्चिमी वायुको प्रभावका कारणले नेपालको पश्चिमी भूभागमा आंशिक देखी सामान्य बदली हुने र हल्का देखि मध्यम वर्षाको सम्भावन रहेको छ ।

मंगलवार दिउँसो देशभरी नै आंशिक देखि सामान्य बदली हुने र मध्य र पूर्वका केही स्थान तथा पश्चिम पहाडी भेगका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलवार राती पनि मध्य तथा पूर्वी क्षेत्रका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्