९८ हजार नगदसहित तीन जुवाडे पक्राउ

बाँके – नेपाल प्रहरीले रु ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
    
 जुवा खेलिरहेका अरू तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।


Advertisement

पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट रु ९८ हजार २०० नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक  शिवबहादुर सिंहले जानकारी दिए। 
 

कमेन्ट गर्नुहोस्