काठमाडौं – एक अमेरिकी अर्बपतिले बिग एप्पल लगानी सम्मेलनमा महिला र यौनसम्बन्धी टिप्पणी गर्दा भारी मूल्य चुकाउनुपरेको छ ।
विवादास्पद बयान दिएपछि ६८ वर्षीय केन फिशरले लगभग ६८ सय करोड रुपैयाँ गुमाउनुपरेको छ । उनले फन्डका लागि कसैसँग सम्पर्क गर्नु भनेको बारमा भेटेकी महिलालाई तत्कालै सेक्सका लागि फकाउनु जस्तै हो भने ।
उनको विवादित बयान आएपछि अमेरिकाको मिशिगन राज्यकोष विभागले उकनो कम्पनीलाई स्टेन पेन्सन सिस्टमबाट हटाइदियो । विभागले ६८ सय करोड रुपैयाँ फिर्ता लिइएको बतायो ।
सीएनबीसीका अनुसार, केन फिशरले यसो भने– ‘पैसा र यौन धेरै मानिसका लागि निजी कुरा हुन् । लगानी गराउनका लागि क्लाइन्टलाई फकाउनु भनेको बारमा कुनै युवती नजिक पुगेर सेक्सका लागि फकाउनु जस्तै हो ।’
केन फिशर बेस्ट सेलिङ लेखक पनि हुन् । उनले यसअघि पनि विवादास्पद बयान दिने गरेका थिए ।
तर फिशरले पछि बयान जारी गर्दै भने, ‘केही प्वाइन्ट प्रस्तुत गर्दा मैले उपयोग गरेको शब्द गलत थिए । मैले यसो गर्नु हुँदैनथियो ।’
एजेन्सी