२९ असार २०८३, सोमबार

धनुषामा ६ राउन्ड हवाइ फायर

कात्तिक १, २०७६
धनुषामा ६ राउन्ड हवाइ फायर
प्रतिकात्मक तस्वीर

काठमाडौं – प्रहरीले धनुषाको हंसपुर नगरपालिकाको निकाल गाउँमा ६ राउन्ड हवाइ फायर गरेको छ ।

तस्करले लुकाएर राखेको सामान बरामद गर्ने क्रममा अवरोध भएपछि प्रहरीले हवाइ फायर गरेको हो ।

तस्करले स्थानीय महिला र बालबालिकालाई अघि सारेर सामान बरामद गर्न अवरोध गरेपछि प्रहरीले हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए ।

गाउँमा तस्करीको सामान भण्डारण गरेको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो । साँझ पौने ६ बजे हवाइ फायर गरेपछि सर्वसाधारण तितरवितर भएका र सामान बरामदको काम भइरहेको एसपी खनालले बताए ।

बरामद गरिएको सामान अन्दाजी २५ लाख रुपैयाँ बराबरको हुनसक्ने एसपी खनालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्