कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
मेलम्ची – चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो ।
तातोपानी नाकालाई आफ्नो जिल्लाकै भविष्यको रूपमा हेरिएको सिन्धुवासीमा यो चासो हुनु अस्वाभाविक पनि थिएन ।
विक्रम संवत् २०७२ वैशाख १२ गते आएको महाभूकम्प र लगत्तैपछिको भोटेकोशी बाढीले सडकलगायतका भौतिक संरचना ध्वस्त भएपछि करीब ४ वर्ष नाका पूर्णरुपले बन्द भएको यो नाका सञ्चालन गत जेठ १५ गतेबाट भएपनि यथेष्ट सडकलगायत भौतिक संरचनाको विकास र चिनियाँ सरकारले स्पष्ट चासो नदेखाएका कारण नाका फेरि बन्द हुने हो कि भन्ने सिन्धुवासीमा चिन्ता थियो ।
भूकम्पपछि बन्द रहेको तातोपानी नाका ४ वर्षपछि जेठ १५ गतेबाट औपचारिकरूपमा खुलेको हो । पर्यटन व्यवसायी रामकाजी पौडेलका अनुसार सीमामा करोडौं लगानीमा खुलेका होटल नाका नचल्दा डुब्ने अवस्थामा पुगेका थिए । भूकम्पअघि तातोपानी नाकाबाट कन्टेनर र अन्य गरी १ हजार ५०० भन्दा बढी सवारीसाधन सञ्चालन हुने गर्थे ।
नाकाबाट बर्सेनि १५ हजारभन्दा बढी पर्यटक आउजाउ गर्थे । बर्सेनि २० अर्बको आयात र तीन अर्ब रुपैयाँको निर्यात हुने नाकामा बल्ल चहलपहल शुरू हुन थालेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए ।
‘भूकम्प आएपछि नाका बन्द बनायो, यही नाका खुलाउन बारम्बार स्थानीय व्यवसायी आन्दोलित पनि भए, पछि अस्थायीरूपमा नाका चल्यो,’ उनले भने ।
भूकम्प गएको १ वर्षसम्म गोदाममा थन्किएका व्यापारिक सामान ल्याउन २७ कन्टेनर चीनको खासा पुगेको उनले स्मरण गरे ।
विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका ४ वर्षपछि जेठ १५ गतेबाट औपचारिकरूपमा खुल्यो । सडककै कारणले ४ वर्षपछि खुलेको नाका बन्द हुँदै सञ्चालनमा आउने क्रम जारी छ । चिनियाँ राष्ट्रपतिको सीको भ्रमणपछि जारी २० बुँदे समझदारीमा नाका सञ्चालका विषयमा चासो दिइएकाले यहाँका उद्योगी, व्यवसायी हर्षित भएका हुन् ।
तातोपानी नाकालाई अझ व्यवस्थित गर्नका लागि चीनले लार्चामा अत्याधुनिक प्रविधिको सुक्खा बन्दरगाह निर्माण गरेको छ । अहिले नेपाल र चीनबीचबाट हुने सबै व्यापारिक कारोवार सुक्खा बन्दरगाहबाटै हुने गरेको छ ।
नाका सञ्चालनको प्रमुख समस्या भनेको सडकको रुपमा लिइएको छ । सीको भ्रमणले सडक स्तरोन्नति हुनेमा उनीहरूमा विश्वास बढेको छ ।
सन् १९६० मा चीन सरकारकै अनुदान सहयोगमा अरनिको राजमार्ग निर्माण भएको थियो । भूकम्पपछि विभिन्न स्थानमा क्षति पुगेको राजमार्ग मर्मत भयो । तर पहिलेकै अवस्थामा सडक पुग्न नसक्दा समस्या सिर्जना भइरहेको छ । अरनिको राजमार्गको मर्मतमा चीन सरकार सकारात्मक भएकै कारणले तातोपानी नाका थप व्यवस्थित हुने अपेक्षा लिइएको छ । सडक सञ्चालन सुनिश्चित भएपछि व्यापारिक आत्मियता बढ्ने अपेक्षा गरिएको छ ।
मितेरीबाट काठमाडौंसम्म ११४ किमी सडक रहेको छ । बाह्रबिसे–तातोपानी २६ किमी सडकखण्ड रहेको छ । यो सडक पनि चीन सरकारकै सहयोगमा निर्माण र मर्मत हुँदै आएको छ ।
करीब ५ दशकअघिदेखि नेपाल र चीनबीचमा सडक जोडिएको थियो । मितेरी पुलको निर्माणपछि नेपाल र चीनबीच व्यापार शुरू भएको हो । – देवराज सुवेदी/रासस
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...