३१ असार २०८३, बुधबार

त्रिविका ४५ कार्यालय र १६४ इकाइ दशकौंदेखि बन्द

कात्तिक ३, २०७६
त्रिविका ४५ कार्यालय र १६४ इकाइ दशकौंदेखि बन्द

काठमाडौैं। त्रिभुवन विश्वविद्यालयका ४५ कार्यालय र ती कार्यालयका १ सय ६४ इकाइहरू अस्तित्वविहीन भएको पाइएको छ।दशकौंदेखि सञ्चालनमा आए पनि केही वर्षदेखि बन्द केही क्याम्पस र अन्य कार्यालयले वर्षौंदेखि बेरुजु फछ्र्योट नगरेको जनाउँदै त्रिविले बजेट फछ्र्योट नभएपछि हिसाब फरकफारक गर्न महालेखा परीक्षक (मलेप)को कार्यालयसँग गुहार मागेको छ।

यसबारे मलेपको कार्यालयलाई आह्वान गरिएको पुष्टि गर्दै त्रिविका रजिष्ट्रार दिल्ली उप्रेतीले भने– ‘तर अस्तित्वमै नभएका ती कार्यालयको हिसाब के गर्ने भन्ने विषयमा निर्णय गर्नसकेका छैनौं।’यस्तै मलेपको कार्यालयको ५६औं प्रतिवेदनमा २ सय १३ निकायको लेखापरीक्षण नभएको उल्लेख छ।
तीमध्ये १ सय १८ निकायको फरकफारक गर्ने प्रक्रिया अघि बढेको, ७ निकायको मलेप र ५४ वटाको आलेप सम्पन्न भएको र चालू आर्थिक वर्ष ०७५÷०७६ मा २६ निकायको मलेप सकिने रजिष्ट्रार उप्रेतीले दाबी गरे । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्