३१ असार २०८३, बुधबार

सार्वजनिक बिदा दिने निर्णयको स्वागत

कात्तिक ८, २०७६
सार्वजनिक बिदा दिने निर्णयको स्वागत
प्रतिकात्मक तस्वीर

काठमाडौं – नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएकामा त्यसको स्वागत गरेको छ ।

समितिका अध्यक्ष रमेश महर्जनले शुक्रवार जारी गरेको विज्ञप्तिमा तिथि टुट हुने र दोहरिने समस्याले उक्त समुदायले १३ गते माग गरेकामा सरकारले त्यसलाई सकारात्मकरूपमा लिई सार्वजनिक बिदा दिन गरेको निर्णयले सांस्कृतिक परम्परा र विधि व्यवहारको महत्व सबैले आत्मसात गर्नुपर्ने सन्देश दिएको जनाइएको छ ।

तिथिअनुसार चाडपर्व जात्रा मनाउने सिलसिलामा व्यवहारिकता र सांस्कृतिक पक्षको महत्व रहेको उल्लेख गरिएको विज्ञप्तिमा यस्ता पर्वले सामाजिक सांस्कृतिक एकता कायम गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । 

आगामी दिनमा पञ्चांग निणार्यक समितिले तिथि–मिति घटबढ हुँदा सोहीअनुसार छलफल गरी समस्याको अग्रिम समाधानका लागि पहल गर्न आग्रह गरिएको छ । सरकारले राष्ट्रिय संवत् घोषणा गरिसकेको नेपाल संवत् (नयाँ वर्ष) कात्तिक १२ गते आ–आफ्नो टोल शहरमा हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाउन सबैमा अनुरोध गरिएको विज्ञप्तिमा काठमाडौंको वसन्तपुरमा उक्त दिन बिहान ७ बजे भेला भई सांस्कृतिक र्‍यालीमा सहभागी हुन आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्