२६ जेठ २०८३, मंगलबार

सिंगापुरमा एयर ट्याक्सी सञ्चालनमा आउँदै

कात्तिक ११, २०७६
सिंगापुरमा एयर ट्याक्सी सञ्चालनमा आउँदै

काठमाडौं – एसियाली देश सिंगापुरमा छिट्टै ड्रोन जस्तो उड्ने ट्याक्सी देखिनेछ । हालै यसको परीक्षण गरिएको छ । 

अठार प्रोपेलर भएको ड्रोन ट्याक्सीलाई जर्मन कम्पनी वोलोकप्टरले बनाएको हो । यसले यातायातमा क्रान्ति ल्याउने कम्पनीले आशा गरेको छ । 

परीक्षण उडानका बेलामा सुरक्षाका लागि पाइलट पनि थिए । वोलोकप्टरले सिंगापुरको मरिना बे क्षेत्रमा लगभग तीन मिनट उडान भरेको थियो । 

होवर ट्याक्सी ससाना हेलिकप्टर जस्ता हुन्छन् र ड्रोन जस्तो प्रविधिमा सञ्चालित गरिनेछ । 

वालोकप्टरको यो नयाँ प्रविधि दुबई, हेलसिंकी र लास भेगासमा पनि परीक्षण गरिसकिएको छ । 

वोलोकप्टरलाई व्यावसायिक रूपमा दुईदेखि चार वर्ष चलाउने आशा छ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी फ्लोरियन रियुटरले भने, ‘हामीहरू यसलाई जकार्ता, मनिला र बैंकक लग्न चाहन्छौं । त्यहाँ यसको आवश्यकता बढी छ ।’

चीन र भारतमा पनि यसको शुरूआत गर्ने बताइएको छ । 

परिवहनको विकल्पका रूपमा एयर ट्याक्सीको उपयोग गरिने वोलोकप्टरका मुख्य साझेदार स्काईपोर्ट््सका व्यवस्थापकीय निर्देशक डंकन वाकरले बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्