बलिउड फिल्म उद्योगमा रिमेक बन्नु कुनै नौलो कुरा होइन । तर भारतीय फिल्म को रिमेक बन्यो भने ?
यस्तै कमाल हुने भएको छ आमिर खानको एक फिल्मबारे ।

समाचारहरुका अनुसार २५ डिसेम्बर २००९ मा रिलिज भएको राजू हिरानी तथा आमिर खानको सुपरहिट फिल्म ‘थ्री इडियट्स’ एक पट फेरि हसाउनका लागि तयार भएको छ ।
निर्देशक राजू हिरानी तथा आमिर खानको फिल्म थ्री इडियट्सको मेक्सिकोमा रिमेक हुने भएको छ । आमिर खान, माधवन तथा शरमन जोशी स्टारर फिल्म थ्री इडियट्सको मेक्सिकोका फ्यानका लागि ‘थ्री इडियोटास’ नामबाट रीमेक हुन लागेको हो । यस फिल्मका डाइरेक्टर कार्लोस बोलाडो हुनेछन् भने फिल्म २ जुन २०१७ मा रिलिज हुने छ ।
उक्त फिल्ममा आमिरको भूमिकामा अलफांसो डोसाल देखिने भएका छन् । यो फिल्म चीनमा पनि सर्वाधिक रुचाइएको थियो । जसले चीनमा १०० करोडको कारोबार गरेको थियो ।