
बुटवल – कपिलवस्तुको कृष्णनगरमा जारी कर्फ्यू आदेश अवज्ञा गर्ने १ जनामाथि प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ ।
कृष्णनगरमा लक्ष्मीको मुर्ति विसर्जन गर्ने क्रममा विवाद भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
स्थानीय हिन्दू र मुस्लिम समुदायबीच भएको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।
लक्ष्मी माताको मुर्ती विसर्जन गर्न लजाने क्रममा दुई समुहबीच भएको झडपले उग्र रुप लिन थालेपछि बिहीवार बिहान ११ बजेदेखि कर्फ्यू जारी गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका एक प्रहरी अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
प्रहरीका अनुसार, झडप नियन्त्रणमा लिन प्रहरीले ४ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा ६ जना स्थानीय घाइते भएका छन् ।
त्यो क्षेत्रमा अहिले सुरक्षाव्यवस्थामा कडाई पारिएको छ । प्रहरीले सर्वपक्षीय छलफल र सहमति गरेर मूर्ति विसर्जनको कार्य अघि बढाउने तयारी गरिरहेको जनाएको छ ।
