कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
जाजरकोट – लसुनको पकेट क्षेत्र घोषणा गरी काम थालेको नलगाड नगरपालिकाले २ वर्षभित्र बीउ निर्यात गर्न थालेको छ ।
नगरपालिका–९, १० का स्थानीयलाई आर्थिक सहयोग गरेसँगै लसुनको बीउ उत्पादन गरी स्थानीयले निर्यात गर्न थालेको हुन् ।
नगरपालिकाले लसुनखेती गर्ने किसानलाई मध्यनजर गरी लसुनको पकेट क्षेत्र घोषणा गरेसँगै लसुनको बीउदेखि खानको लागि देशका विभिन्न ठाउँमा निर्यात भएको हो ।
५ वर्षअघि बीउ नपाउने स्थानीय अहिले लसुनको बीउ बिक्री गरी मनग्य आम्दानी गरिरहेको स्थानीय डम्मर रावतले बताए । ‘५ वर्ष पहिले सिँचाइको अभावमा बाँझो रहेको जमीन अहिले सिँचाइको सुविधासँगै लसुन निर्यात गर्ने मुख्य थलो भएको छ, बीउ नै बिक्री गरेर प्रतिघरले १ लाखभन्दा बढी कमाउने गर्दछन्,’ उनले भने ।
नगरपालिकाले आर्थिक सहायता गरेपछि किसानको जीवनस्तर माथि उठेको स्थानीय समाजसेवी नीमबहादुर ध्यारले बताए । ‘अहिले हाम्रो ठाउँमा यातायातको सहज पहुँचसँगै लसुनखेती फस्टाएको छ, गाउँका सबै गाउँलेले राम्रो आम्दानी गरेका छन्,’ उनले भने ।
अर्थ अभावका कारण भारतलगायतका अन्य ठाउँमा काम गर्न जाने स्थानीय गाउँमा लसुनसँगै अन्य तरकारीजन्य खेती गरी राम्रो आम्दानी हुन थालेपछि गाउँमै खेती किसानीमा व्यस्त भएको स्थानीय शिक्षक गोपाल ध्यारले बताए ।
लसुनसँगै स्थानीय अन्य बेमौसमी तरकारीबालीतर्फ आकर्षित भएको पाइएको छ । यातायातको सहज पहुँच भएसँगै उत्पादन भएको तरकारीबाली निर्यात गर्न सजिलो भएको छ ।
किसानले उत्पादन गरेको कृषिजन्य वस्तु सजिलै बजारसम्म पुग्ने भएपछि अर्थोपार्जनमा ठूलो सहयोग पुगेको वडा– ९ का अध्यक्ष विष्णु विकले बताए । उनले भने, ‘नगरपालिकाको योजनामा किसानले मेहनतका साथ काम गर्नुभयो, अनि उहाँहरूको जीवनस्तर पनि राम्रो भयो, अर्कोतर्फ हाम्रो वडा आर्थिक रुपमा बलियो भयो ।’
१ हजार ऋण लिन गाउँगाउँ भौतारिने यहाँका स्थानीय अहिले हजारौं रुपैयाँ हातमा खेलाएर अरुलाई समेत ऋण दिने अवस्थामा पुग्दा खुशी भएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले बताए । ‘यो आर्थिक वर्षदेखि थप केही नयाँ कार्यक्रम बनाएका छौं, लसुनखेतीमा राम्रो आम्दानी भएसँगै टिमुरखेती र मौरी ‘जोन’ थप गरी किसानलाई अनुदान दिएर काम भइहेको छ, अघिल्लो वर्ष ४० टन लसुनको बीउ निर्यात गरिएको थियो,’ उनले भने ।
नगरपालिकाको योजना र किसानको मेहनतले गर्दा अर्थ उर्पाजन मात्र भएको छैन । छिमेकी स्थानीय तहलेसमेत अनुशरण गर्न थालेका छन् । प्राङगारिक मलको प्रयोग र उन्नत जातको बीउको प्रयोगले गर्दा किसानले राम्रो आम्दानी गर्न सफल भएका हुन् । जनतालाई व्यावसायिक रुपमा अगाडि बढाएर अर्थतन्त्रको हिसाबले राम्रो गर्न सके मात्र त्यहाँको समाजको राम्रो विकास हुने स्थानीय गगनबहादुर खड्काले बताए ।
‘जनताको जीवनस्तर बदल्नका लागि नलगाड नगरपालिकाले योजना बनाएर काम गरिरहेको छ, त्यसैगरी अन्य स्थानीय तहले पनि सिको गरी जनताको जीवनस्तरमाथि उठाए जिल्लाका सबै नागरिक आर्थिक रुपमा बलियो हुने कुरामा दुईमत छैन,’ उनले भने ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...