मुम्बई :बलिउड अभिनेत्री सनी लियोनी आफ्नो ग्ल्यामरस पोज र बोल्ड लुकका कारण सधैं फ्यानको नजरमा पर्छिन् ।
पछिल्लो समय उनका फोटो र भिडियो सोसल मिडियामा भइरल बन्दै आएका छन् । हालै सनीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा शाहरुख खान स्टारर फिल्म ‘रइस’ को गीत ‘लैला मैं लैला’ को रिहर्सल गरिरहेको एक भिडियो सेयर गरेकी छन् ।
सेतो टप र कालो पाइन्ट लगाएर जब सनीले ठुमका लगाइन् सबै हेरेको हेर्यै भए । सनी यसमा आफ्नो समूहको साथमा नाचिरहेकी छिन् ।
यसका साथै भिडियोको अन्त्यमा सनीले धेरै भाषामा नमस्कार गरेकी छन् । बलिउडमा आफ्नो अभिनयबाट लाखौंको दिलमा बसेकी सनीले दक्षिणका सिनेमा पनि नजर दौडाएकी छन् । उनी छिट्टै साउथको फिल्म ‘वीरमादेवी’ मा देखिँदै छिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
लोकान्तर संवाददाता