जेठ ११, २०८०
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं – चीनको हार्बिन शहरमा बस्ने झाङ बिनशेङको नाकमा विगत २० वर्षदेखि दाँत आएको पत्ता लागेपछि चिकित्सकहरूले शल्यक्रिया गरेर हटाएका छन् ।
तीन महिनादेखि नाक बन्द भएर समस्यामा परेपछि अघिल्लो साता उनी अस्पताल पुगेका थिए ।
नाकलाई त उनकै दाँतले बन्द गरेको थाहा पाएपछि उनी स्तब्ध भए । उनी १० वर्षको हुँदा एक दुर्घटना भएपछि दाँत खुस्केको थियो र त्यो नाकमा गएर अड्किएको रहेछ ।
नाकभित्र यसरी दाँत आउनुलाई इन्ट्रानेजल रिटेन्ड टूथ भनिन्छ । शारीरिक क्षति वा उमेर बढ्दा हुने समस्याले यो स्थिति ल्याउँछ ।
नाकको पोरामा दाँत आउने दुर्लभ अवस्था हो र यसले कुल जनसंख्याको ०.१ प्रतिशतलाई सताउँछ । नाकमा दाँत भएको लामो समयसम्म थाहै पाइँदैन ।
यो दुर्लभ मेडिकल केसको रिपोर्ट चिकित्सकहरूले हार्बिन मेडिकल विश्वविद्यालयको फोर्थ एफिलिएटेड हस्पिटलमा रिपोर्ट गरेका थिए ।
झाङ सन् १९९९ मा एक मलको तेस्रो तल्लाबाट लड्दा दुईवटा दाँत खुस्केको थियो ।
दुर्घटनापछि उनले एउटा दाँत मात्र फेला पारेका थिए ।
झाङ दुर्घटनामा गम्भीर घाइते बनेका थिए र अनुहारमा ६० भन्दा बढी टाँका लगाइएको थियो । तर त्यतिखेर उनले नाकमा अप्ठ्यारो परेको बताएका थिएनन् ।
तर तीन महिनाअघि उनको नाक बन्द भयो । उनले सास फेर्न गाह्रो भएको र राति राम्ररी सुत्न नसकेको बताए । नाकमा केही कुरा कुहिएको जस्तो गन्ध आउने गरेको बताए ।
एजेन्सी
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...