
काठमाडौं -नेपालको राजकीय भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदसँग सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार बुधवार बिहान अध्यक्ष प्रचण्ड र राष्ट्रपति हमिदबीच भेटघाट भएको हो ।
भेटघाटका लागि अध्यक्ष प्रचण्ड हमिद बसेको होटेल मेरियट आफ्ना प्रतिनिधिमण्डललाई सँगै लिएर पुगेका थिए ।
भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, पारवाहन, उर्जा जस्ता विषयमा छलफल भएको बताइएको छ ।
राष्ट्रपति हमिद ४ दिनका लागि नेपालको राजकीय भ्रमणमा आएका हुन् । उनी मंगलवार काठमाडौँ आएका थिए ।
राष्ट्रपति हमिदले बुधवार अपरान्ह नेपालका समकक्षी राष्ट्रपति विद्यादेवी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।