२२ असार २०८३, सोमबार

ललितपुरको गोदावारीमा यस्ता छन् मेयरका आकांक्षी, जोगाउला कांग्रेसले इतिहास ?

कात्तिक २०, २०७४
ललितपुरको गोदावारीमा यस्ता छन् मेयरका आकांक्षी, जोगाउला कांग्रेसले इतिहास ?
काठमाडौं, २५ चैत - स्थानीय रुपमै  चुनावी चर्चा चलेसँगै ललितपुरको गोदावारी नगरपालिकामा पनि चुनावी सर्गर्मी बढेको छ । नेपाली कांग्रेस, एमाले, माओबादी र राप्रपाका विभिन्न नेताहरुले मेयरको रुपमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तर पार्टीहरुले कसलाई टिकट दिने हुन भन्ने विषय अहिले सम्म खुल्न सकेको छैन ।

गोदावारी नगरपालिकामा कांग्रेसका तर्फबाट विमलचन्द्र विष्ट, पुरुषोत्तम सिलवाल, मिनकृष्ण महर्जन, दिलीप कर्मचार्य र गजेन्द्र महर्जनको नाम मेयर उम्मेदवारको रुपमा चर्चा गर्न थालिएको छ ।

त्यस्तै एमालेबाट श्याम सिलवाल, चेतनाथ तिमल्सिना, पुरुषोत्तम आचार्य र सुन्दर महर्जनको नाम मेयर उम्मेदवारको रुपमा चर्चा गर्न थालिएको छ ।

त्यस्तै माओबादीबाट श्रीगोविन्द महर्जन र दीपेन्द्र श्रेष्ठको नाम चर्चा गर्न थालिएको छ । त्यस्तै राप्रपाबाट कृष्णबहादुर देसारको नाम चर्चा गर्न थालिएको छ ।

गोदावारी नगरपालिकामा २०७० सालको संविधानसभाको चुनावलाई आधार मान्ने हो भने कांग्रेसका मतदाता बढी छन् । १४ वटा वडा रहेको गोदावरी नगरपालिकामा १२ गाविस क्षेत्र नम्बर एकका गाविस छन् ।

यी १२ गाविसमा कांग्रेस बलियो मानिन्छ । २०७० सालको निर्वाचनमा कांग्रेले ६ हजार भन्दा बढी भोटले लिड गरेको थियो । त्यसपछि एमालेको मत आएको थियो ।

राप्रपा र माओबादीको मत भने लगभग बराबर जस्तै थियो ।

कांग्रेसले विमलचन्द्र विष्टलाई टिकट दिएमा कांग्रेले मेयर जित्न सक्ने अनुमान स्थानीयहरुले गरेका छन् । उनी एक नम्बर क्षेत्रकै नेता हुन् । उनले त्यहाँ दुई पटक सम्म महाधिवेशन प्रतिनिधी जितेका थिए ।

तर स्थानीय चुनावको लागि कांग्रेस र माओबादी तथा एमाले र राप्रपाका बीचमा एकता हुन सक्ने अनुमान पनि गरिएको छ । तर कांग्रेसले आफूहरुको मतदाता बढी भएकोले एक्लै लड्न चाहेको नेताहरु बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्