३१ असार २०८३, बुधबार

नेपालको विकास टाढा छैन : हमिद

कात्तिक ३०, २०७६
नेपालको विकास टाढा छैन : हमिद

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद शुक्रबार स्वदेश फर्किएका छन्। 

‘नेपाल प्रकृतिकै एक सुन्दर मुलुक मात्र होइन, प्रचुर सम्भावना बोकेको अनौठो प्राकृतिक मिश्रण भएको मुलुक पाएँ’, उनले स्वदेश फर्किने क्रममा अधिकारीसँग भने, ‘यो मुलुकको विकास टाढा छैन। राजनीतिक नेतृत्वले जोड दिए सम्भावनै सम्भावना छ।’

प्रकृति र संस्कृतिमा धनी एवं विकासको पथमा अग्रसर सुन्दर मुलुकको याद बोकेर फर्किंदै गरेको उनले सुनाए। नेपालको चारदिने बसाइलाई ‘विशेष’ बनाउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए।

उनले काठमाडौं बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरे। उनले द्विपक्षीय सहकार्य अगाडि बढाउन छलफल चलाए। नेताहरूसँगको वार्तामा उनले भनेका थिए, ‘दुई मुलुकले सहकार्य गर्दै समान विकासको हातेमालो अपरिहार्य छ।’  अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्