२२ असार २०८३, सोमबार

सगरमाथा आरोहणको आकर्षणः १० दिनमा ३० टोलीले लिए परमिट

कात्तिक २०, २०७४
सगरमाथा आरोहणको आकर्षणः १० दिनमा ३० टोलीले लिए परमिट

काठमाडौं, २५ चैत –सरकारले चालू सिजनका लागि सर्वोच्च शिखर सगरमाथा आरोहण खुला गरेसँगै दैनिक औषत ३ टोलीले परमिट लिएका देखिएको छ । पर्यटन विभागका अनुसार परमिट सुरु गरेको १० दिनमा ३० टोलीले आरोहणका लागि स्वीकृति लिएका छन् ।

विभागका प्रवक्ता दुर्गादत्त ढकालका अनुसार सगरमाथा आरोहणका लागि स्वीकृति लिनेमा २९ विदेशी टोली र एक नेपाली टोली छ ।

‘स्वीकृति लिएकामध्ये अधिकांश टोलीले आरोहण सुरु गरिसकेका छन्,’ विभागका प्रवक्ता ढकालले भने ।
विभागले यही चैत १३ गतेदेखि बसन्त ऋतुका लागि सगरमाथा आरोहण खुुला गरेको थियो ।

विभागले यो सिजनभरी अर्थात आगामी मे महिनासम्म सगरमाथा आरोहणका लागि स्वीकृति दिने गरेको छ ।
विभागका अनुसार गत साल बसन्त ऋतुमा १ सय ८ टोलीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्