२२ असार २०८३, सोमबार

हनुमान ढोका क्षेत्र बढे पर्यटक

कात्तिक ३०, २०७६
हनुमान ढोका क्षेत्र बढे पर्यटक
फाइल फोटो

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हनुमान ढोका दरबार क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि भएको छ ।

कात्तिक महिना लागेपछि पर्यटकको संख्यामा वृद्धि भएको हो ।

असोज महिनासम्म दैनिक ६०० मात्र पर्यटक आउने गरेको यस स्थानमा दैनिक अहिले १ हजार १०० सम्म पर्यटक आउने गरेका छन् ।

कामपा हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको निमित्त कार्यक्रम प्रमुख चिन बज्रचार्यले पछिल्लो समय यस स्थानमा पर्यटकको संख्यामा वृद्धि भएको छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी पर्यटक आउनु सुखद् पक्ष रहेको उनले बताए ।

हनुमान ढोका अवलोकन गर्न आउने पर्यटकबाट गत वर्ष १९ करोड रुपैयाँ राजस्व संकलन गरिएकोमा यस वर्ष २० करोड रुपैयाँभन्दा बढी राजस्व असुल हुने अनुमान गरिएको छ । निमित्त प्रमुख बज्रचार्यले अहिलेजस्तै पर्यटक आउने हो भने सरकारको भ्रमण वर्ष सफल मनाउन पनि निकै सहयोग पुग्ने बताए ।

प्रवेश गर्न सार्क राष्ट्रका पाहुनाको लागि १५० रुपैयाँ र अन्य देशका पाहुना काम लागि १ हजार तोकिएको छ । २०७२ सालको भूकम्पका कारण क्षति भएका सम्पदाको पुनःनिर्माण भइरहेको हुनाले अवलोकनकर्तालाई केही असहज भने भएको छ । यस स्थानको महत्त्वपूर्ण सम्पदाको रुपमा रहेको काष्ठमाण्डप पुनःनिर्माणको काम धमाधम भइरहेको छ । यसको पुनःनिर्माण हालसम्म ५० प्रतिशत काम भएको छ ।

त्यसैगरी निर्माणको अवस्थामा रहेको आगम छें, जगन्नाथ र गोपीनाथ मन्दिर, दश अवतार मन्दिर, माजु देग, त्रिभुवन स्मृति संग्रहालय लक्ष्मीनारायण मन्दिर दशवतार मन्दिर नौतले वसन्तपुर दरबारको रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्