२९ असार २०८३, सोमबार

हङकङमा विरोध प्रदर्शनपछि भएको फोहर हटाउन सडकमा आयो चिनियाँ सेना (भिडियो)

हङकङमा विरोध प्रदर्शनपछि भएको फोहर हटाउन सडकमा आयो चिनियाँ सेना (भिडियो)

हङकङमा गत साताभरि भएको हिंस्रक प्रदर्शनपछि फोहर भएको सडक सफा गर्नका लागि चिनियाँ सेनाका सदस्यहरू ब्यारेक बाहिर आएका छन् । 

हङकङमा तैनाथ चिनियाँ सैनिकहरूले चीनपक्षधर हङकङवासीहरूसँग मिलेर सडक अवरुद्ध गर्ने शनिवार इँटा र अन्य फोहरहरू उठाएको हङकङको सरकारी सञ्चारमाध्यम आरटीएचकेले जनायो । 

सामाजिक सञ्जालमा आएका भिडियोमा हरियो र कालो खाकी लगाएका सैनिकहरूले ढाडमा चिनियाँ झण्डा बोकेर कोउलून टोङका सडकमा इँटा हटाएको देखिन्छ । 

सन् १९९७ मा बेलायतले चीनलाई हङकङ सुम्पिएदेखि नै जनमुक्ति सेनाका सदस्यहरू त्यहाँ तैनाथ छन् । हङकङमा हजारौं चिनियाँ सैनिकहरू र्तनाथ गरिएका भए पनि ब्यारेकबाट बाहिर कमै देखिन्थे ।

जनमुक्ति सेनाको ग्यारिसनलाई सहायताका लागि अनुरोध नगरेको हङकङ सरकारले शनिवार जनायो । आफ्नो ब्यारेक बाहिर अवरुद्ध सडक सफा गर्ने प्रयास विशुद्ध स्वयंसेवा भएको एक विज्ञप्तिमार्फत हङकङ सरकारले जनायो । 

तर हङकङका सडकमा जनमुक्ति सेनाको उपस्थितिलाई आलोचना गर्दै पाँचजना विधायकले यसबाट एक देश, दुई प्रणालीको व्यवस्था थप कमजोर हुने बताएका छन् ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्