×

NMB BANK
NIC ASIA

उपनिर्वाचनका लागि शुरू भयो मतपत्र ढुवानी

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्रको ढुवानी शुरू भएको छ  । निर्वाचन आयुक्त नरेन्द्र दाहालले उपनिर्वाचनका लागि मतपत्र छाप्ने कार्य पूरा भएसँगै आजैदेखि मतपत्र र मतदाता परिचयपत्रको ढुवानी शुरू गरिएको सञ्चारकर्मीलाई जानकारी दिए ।

Muktinath Bank

आगामी ७ गतेम्ममा सबै निर्वाचन क्षेत्रमा मतपत्र र मतदाता परिचयपत्र पुगिसक्नेछ । ती सामग्री आयोगले मुख्य निर्वाचन अधिकृतलाई बुझाउनेछ । मतपत्र र मतदाता परिचयपत्र अति संवेदनशील निर्वाचन सामग्री भएकाले यसको ढुवानीको जिम्मा नेपाली सेनालाई दिइएको पनि उनले जानकारी दिए । सेनाले ती सामग्री सुगमस्थानमा गाडीबाट पुर्‍याउनेछ भने दुर्गम स्थानमा हेलिकोप्टरको माध्यमबाट ढुवानी गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपनिर्वाचनका लागि आयोगले मतदाता शिक्षा कार्यक्रम मङ्सिर ५ देखि ११ गतेसम्म सञ्चालन गर्नेछ । प्रत्येक वडामा दुई जनाका दरले मतदाता शिक्षा कार्यकर्ता खटाइने र उनीहरूले मतदाता शिक्षासम्बन्धी सामग्री लिएर मतदाताको घरदैलोमै पुगेर कसरी मतदान गर्ने भन्ने बारेमा शिक्षा प्रदान गर्नेछन् ।


Advertisment
Nabil box
Kumari

मतदाता शिक्षा दिन खटिएका स्वयम्सेवकसँग मतदाता परिचयपत्र, मतदान केन्द्रबारे आवश्यक जानकारी लिई आफूलाई मन परेको उम्मेदवारलाई कसरी अमूल्य मत प्रयोग गर्ने भन्ने कुराको जानकारी लिनेबारे चनाखो हुन पनि आयोगले मतदातासग आग्रह गरेको छ ।

Vianet communication
Laxmi Bank

यसैबीच, निर्वाचन पर्यवेक्षणका लागि आठवटा संस्थाले  आवेदन गरेकामा तीमध्ये सर्त पूरा गर्ने चारवटा संस्थाले हालसम्म अनुमति प्राप्त गरेको पनि आयुक्त दाहालले जानकारी दिए ।

बाँकीले पनि आयोगको निर्देशिकामा उल्लेख भएको मापदण्ड पूरा गरे भने उनीहरूले पनि अनुमति प्राप्त गर्ने छन् । उम्मेदवार, राजनीतिक दल र आमजनता उपनिर्वाचनमा होमिएको हुँदा मुलुकको वातावरण निर्वाचनमय भएको पनि उनले बताए ।

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै, स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम भएको छ ।

उनले भने, “निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन राजनीतिक दल र सरोकारवाला पक्ष सक्रिय रहेको र मतदाता पनि उत्सुक भएका कारण अहिले वातावरण  निर्वाचनमय भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x