३१ असार २०८३, बुधबार

नयाँ मन्त्रीले शपथ लिइरहँदा सिंहदरबारमा 'नेम प्लेट' टाँसियो

नयाँ मन्त्रीले शपथ लिइरहँदा सिंहदरबारमा 'नेम प्लेट' टाँसियो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेपछि शपथ लिएर नयाँ मन्त्रीहरू शीतल निवासबाट सिंहदरबार पुग्दैछन् ।

नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शीतल निवासमा शपथ लिइरहँदा सिंहदरबारस्थित मन्त्रालयहरूमा भने उनीहरूको नेमप्लेट लगाइँदै थियो ।

साथै कर्मचारीहरू नयाँ मन्त्रीलाई स्वागत गर्न लाइन लागेर मन्त्रालय अगाडि बसेका छन् । उनीहरूको हातमा पुष्पगुच्छा पनि छ ।

नयाँ मन्त्रीलाई स्वागत गर्न संघीय मामिला मन्त्रालयअगाडि कर्मचारीको लाइन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइसकेका छन् ।

शपथ लिँदै नवनियुक्त मन्त्रीहरू

तीन राज्यमन्त्री उद्योगका मोतिलाल दुगड, स्वास्थ्यका नवराज रावत र शहरी विकासका रामवीर मानन्धरले पनि राष्ट्रपतिको उस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथ लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्