०२ साउन २०८३, शनिबार

सर्वोच्चको फैसला– एनसेलले २१ अर्ब १० करोड मात्र तिर्न बाँकी

एनसेललाई करीब १८ अर्ब फाइदा
सर्वोच्चको फैसला– एनसेलले २१ अर्ब १० करोड मात्र तिर्न बाँकी

एनसेलको शेयर स्वामित्व खरिद/बिक्रीवापतको पूँजीगत लाभकर करीब २१ अर्ब १० करोड रुपैयाँ मात्र तिर्न बाँकी रहेको फैसला सर्वोच्च अदालतबाट भएको छ ।

सर्वोच्चको वृहत् पूर्ण इजलासले गत भदौ ९ गते सुनाएको फैसलाको पूर्णपाठ बिहीवार सार्वजनिक भएको हो ।

एनसेलले तिर्नुपर्ने कूल पूँजीगत लाभकरमा यसअघि तिरिसकेको रकम घटाएर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने देखिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

हेर्नुहोस्, सर्वोच्चको फैसलाको अंश :

गत वैशाखमा ठूला करदाता कार्यालयले एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकर ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रुपैयाँ तिरेको र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ बाँकी रहेको भनी पत्राचार गरेको थियो ।

सर्वोच्चको फैसलापछि एनसेलले तिर्नुपर्ने भनिएको कुल पूँजीगत लाभकरमा १७ अर्ब ९५ करोड, ६७ लाख १३ हजार २ सय ५० कम हुने भएको छ ।

अर्थात् एनसेलले अब करीब १८ अर्ब रूपयाँ कम तिरे पुग्ने भएको छ ।

हेर्नुहोस्, पूर्णपाठ :

salt training

कमेन्ट गर्नुहोस्