कुकुरले डुंगामा अड्किएको साथी कुकुरलाई यसरी बचायो [भिडियो]

डुंगामा अड्किएको अनि पानीसँग डराउने साथी कुकुरलाई एक कुकुरले नदीमा हाम्फालेर जोगाएको छ । 

घटना गुआङदोङ प्रान्तको चिङयुआन शहरमा भएको हो । 


Advertisement

घटनाको भिडियोमा रोटवेलर प्रजातिको कुकुर नदीको किनारमा चिन्तित भएर उभिएको देखिन्छ । 

चट्टानहरूमा बसेर उसले डुंगामा रहेको आफ्नो साथीलाई किनारमा ल्याउने उपाय खोज्छ । 


Advertisement

डुंगामा अड्एिको कुकुर पनि चिन्तित देखिन्छ र गुहार माग्दै भुक्छ । 

किनारका कुकुर पानीमा पस्छ अनि साथीको उद्धार गर्छ । 

ऊ पानी तैरिँदै गएर डुंगाको अगाडि बाँधिएको डोरी भेट्छ । 

डोरीलाई दाह्रामा च्यापेर ऊ किनारतिर पौडिन थाल्छ र यसक्रममा डुंगा र साथी कुकुरलाई लग्छ ।

किनारमा पुगेपछि डुंगाको कुकुर हाम्फालेर चट्टान पुग्छ ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्