दाङ, २६ चैत - प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक प्रभाव हरेक क्षेत्रमा देखापरका कारण देशको समृद्धि हुन नसकेको बताएकी छन् ।
उच्च अदालत तुलसीपुर, दाङमा आज आयोजना गरिएको मेलमिलापसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले राजनीतिक प्रभाव र भागबन्डाको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिइन् ।
“हरेक क्षेत्रमा भागबन्डाको राजनीति हुन्छ, सामाजिक रुपमा समान हेराइ र व्यवहार गर्न सकिए मात्र पछाडि परेका नागरिकको उत्थान हुन सक्छ,” उनले भनिन् ।
अदालतप्रति नागरिकको विश्वास बढाउन न्यायाधीश, अदालतका कर्मचारीको बोली व्यवहारमा समेत परिवर्तन गर्नुपर्ने उनको सुझाव थियो ।