स्थानीय बजारमा शुक्रवार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रवारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ निर्धारण गरेको छ ।
बिहीवार छापावला सुन प्रतितोला ७१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा खरीद बिक्री भएको थियो ।
चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भई प्रतितोला ८५५ रुपैयाँमा खरीद बिक्री भइरहेको महासंघले जनाएको छ ।