०२ साउन २०८३, शनिबार

साग खेलकुद : साइक्लिङमा राजेश र निश्माले दिलाए स्वर्ण

मंसिर १८, २०७६
साग खेलकुद : साइक्लिङमा राजेश र निश्माले दिलाए स्वर्ण

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत साइक्लिङबाट नेपालले दुई वटा स्वर्ण पदक जितेको छ ।

बुधवार डाउनहिलतर्फ नेपालका लागि पुरुषमा राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण जिते ।

राजेशले एक किलोमिटरको दुरी १ मिनेट ४९.३३ सेकेण्ड तथा निश्माले २ मिनेट २२.४५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते ।

हालसम्म नेपालले २७ वटा स्वर्ण जितिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्